इण्डोनेशियामा फेला पर्यो डरलाग्दो कोरोना भाइरस, अहिलेको भन्दा १० गुणा धेरै संक्रामक !

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन । यसैबीच इण्डोनेशियामा अहिले डरलाग्दो कोरोना भाइरस देखा परेको छ । इण्डोनेशियामा हालको भन्दा १० गुणा धेरै संक्रामक कोरोना भाइरस फेलापरेको हो ।



यो जानकारी जकार्ताको इज्कम्यान इन्स्टीट्यूट फर मलिक्यूलर बायोलोजीले दिएको हो । त्यहाँका स्वास्थ्य मन्त्रालयको डेटाका अनुसार हालसम्म ७ हजार४१७ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार ७९६ जना संक्रमित भएका छन् ।

त्यस्तै १ लाख २५ हजार ९५९ जना संक्रमण मुक्त भएका छन् भने ४१ हजार ४२० जना उपचाररत छन् । इज्कम्यान इन्स्टीट्यूटको डिप्टी डाइरेक्टर हेरावती सुडियोले कलेक्ट गरिएको स्याम्पलको जीनोम सीक्वेन्समा कोरोनाको डी ६१४ जी म्यूटेशन पाइएको बताइन् ।

सुडायोका अनुसार भाइरसको यो प्रकोप घातक नभए पनि धेरै संक्रामक रहेको छ । यो भाइरस अन्य भन्दा १० गुणा धेरै घातक रहेको छ ।

सम्बन्धित समाचार