चीनले दियो भारतलाई चेतावनी, के भारत युद्धबाट पछि हट्छ?

भारतका लागि चीनसँगको युद्ध सन् १९६२ को भन्दा घातक हुने चेतावनी चीनले दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको मुख पत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा अमेरिकासँगको सहकार्यमा चीनलाई हराउने भ्रम भए त्यसलाई समेत हटाउन चेतावनी उसले दिएको छ ।

‘भारत भन्दा धेरै गुणा शक्तिशाली चीनसँग सामना गर्न आएमा भारत टिक्नेवाला छैन, अमेरिकासँग गठबन्धन गरेर भए पनि चीनको सामना गर्न सक्छु भन्ने लागेको भए भारतले त्यो भ्रम पनि तोड्न जरूरी छ,’ ग्लोबल टाइम्सले सम्पादकीयमा लेखेको छ ।



पूर्वी लद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा दुई देशका सेनाबीच शनिबार झडप भएपछि चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले सम्पादकीयमार्फत चिनियाँ पक्षको धारणा सार्वजनिक गरेको हो ।

भारतले सैन्य भिडन्त चाहेमा चीनको पिपुल्स लिबरेशन आर्मीले भारतीय सैनिकलाई सन् १९६२ को भन्दा कयौँ गुणा बढी नोक्सानी पुर्‍याउने पनि उक्त सम्पादकीयमा उल्लेख छ ।

गएको हप्ता ग्लोबल टाइम्सले एक सर्वेक्षणलाई उद्धृत गरी ९० प्रतिशत चिनियाँ भारतविरुद्ध कारवाहीको पक्षमा रहेको उल्लेख गरेको थियो । सन् १९६२ मा चीनसँग भएको युद्धमा भारत पराजित भएको थियो ।

सम्बन्धित समाचार