नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।
चीन-भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा अगस्त २८/२९ को राती भएको झडपमा एक भारतीय सैनिकले ज्यान गुमाए । केहि महिना यता तनावग्रस्त रहेको चीन भारतको सम्बन्ध १५ जूनमा भएको हिंसात्मक झडप पछि सम्बन्ध बिग्रिँदै आएको हो ।
यसैबीच भारतीय सेनाका प्रमुख जनरल एमएम नरवणे आज बिहानै लद्दाख पुगेका छन् । त्यहाँ पुगेर उनले त्यहाँको स्थितिको बारेमा जानकारी लिएका थिए ।
चीन भारत बीचको विवादका बीच उनी अचानक लद्दाख पुगेका हुन् ।