अमेरिकाले भन्‍यो- नोभेम्बर १ देखि खोप वितरणको तयारी गर्नू

संयुक्त राज्य अमेरिकामा नोभेम्बरमा हुने निर्वाचनको सरगर्मी बढेको छ । अर्कातिर कोरोना भाइरसको संक्रमणविरुद्धको खोपको तयारी द्रुत गतिमा भइरहेको छ ।

हाल नोभम्बरमा राष्ट्रपतिका लागि हुने मतदानभन्दा केही दिनअघि खोप वितरण गर्ने योजनाले नयाँ चिन्ता उत्पन्‍न गराएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले स्वास्थ्य अधिकारीहरुलाई ५० वटै राज्यहरुमा १ नोभेम्बरसम्म खोप वितरणको तयारी गर्न आग्रह गरेको छ ।



२७ अगस्तमा पठाइएका तीनवटा डकुमेन्टले दुईवटा खोप वितरणको विस्तृत विवरण सेट गरेको न्युयोर्क टाइम्सले जनाएको छ । सीडीसीले तयार गरेको निर्देशिकाअनुसार खोपको प्राथमिकतामा चिकित्सक र स्वास्थ्यकर्मीहरु, ६५ वर्षभन्दा माथिका व्यक्तिहरु र संक्रमणको उच्च जोखिममा रहेका समुदाय छन् ।

धेरै सम्भावित खोपहरू क्लिनिकल परीक्षणका क्रममा छन् । केही खोप परीक्षणको अन्तिम चरणमा छन् । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फौउसीले परीक्षण अत्यधिक सकारात्मक भएको खण्डमा परीक्षण पूरा हुनुअघि खोप उपलब्ध गराउन सकिनेतर्फ संकेत गरेका छन् । तर वैज्ञानिकहरुले राजनीतिले सीडीसीको घोषणालाई ड्राइभ गरेको बताएका छन् ।

एरिजोनाका संक्रमण रोकथाम इपिडिमियोलोजिस्ट सास्किआ पोपेस्कुले न्युयोर्क टाइम्सलाई भने, ‘यो समय‘ सार्वजनिक स्वास्थ्यको राजनीतीकरण र सम्भावित सुरक्षा समस्याहरूका लागि गम्भीर चिन्ताजनक छ । तर, निर्वाचनपूर्व खोपअगाडि बढाउन गाह्रो छैन ।’

सम्बन्धित समाचार