नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।
भिडियो मिटिङ एप जुममा क्लास लिइरहेको बेला एक प्रोफेसर बेहोस भएकी थिइन् । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनको पछि मृत्यु भएको बताइएको छ ।उनी बितेको केही हप्ता यता कोरोना भाइरससँग लडिरहेको बताइएको छ ।
उक्त समस्यासँग लडिरहेको बेला पनि उनले क्लास लिईरहेको बताइएको छ । अनलाइन क्लासको बेला जब छात्रले प्रोफेसरको अवस्था बिग्रिएको देखे । त्यसपछि उनले एम्बुलेन्स प्रोफेसरको घरमा पठाउन एड्रेस सोधिन् । तर प्रोफेसरले केही बोल्न सकिनन् ।
यो घटना अर्जेन्टिनाका रहेको छ । बुधवार महिला प्रोफेसरको कोरोना कारण निधन भएको बताइएको छ ।
प्रोफेसरको उमेर ४६ वर्ष रहेको बताइएको छ । उनी ‘Universidad Argentina de la Empresa’ की प्रोफेसर रहेको बताइएको छ ।