नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदाै ।
भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिन भेटिएका अहिलेसम्मकै धेरै हो । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ । हिजो १ हजार ६६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार ४४ पुगेको छ ।
अहिलेसम्म भारतमा ४१ लाख १० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ३१ लाख ७७ हजारभन्दा बढी निको भइसकेका छन् भने ७० हजार ६ सय ७९ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । अमेरिका पहिलो स्थानमा छ भने दोस्रो स्थानमा ब्राजिल रहेको छ ।