कोरोना भाइरसविरुद्ध चिनिया भ्याक्सिन : १० देशका ५० हजार मानिसमा परीक्षणको तयारी

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडका अनुसार चीनमा बनेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणका लागि २ देशले अनुमति दिएको छ । शनिवार दिइएको जानकारी अनुसार यो भ्याक्सिनको अन्तिम क्लिनिकल ट्रायल बन्नेछ ।

सर्बिया र पाकिस्तान ट्रायलका लागि तयार भएका हुन् । त्यस्तै अन्य दुई कम्पनीले भने सहमतीमा पुग्नु अघि थप डाटाको माग गरेको छ । चीनमा कोरोना भाइरस संक्रमितको संख्या निकै कम भएका कारण चीनले भ्याक्सिनको क्लिनिकल ट्रायल अन्य देशमा गर्न लागेको हो ।



सर्बियामा सीएनबीजीले उत्पादन गरेको दुई वटा भ्याक्सिनको परीक्षण हुने बीबीसी हिन्दीले जनाएको छ । यी दुवै भ्याक्सिन वुहान र बेइजिङको सीएनबीजी यूनिटमा तयार पारिएको हो । पाकिस्तानमा भने बेइजिङ यूनिटमा तयार भ्याक्सिनको ट्रायल हुनेछ ।

सीएनबीजीको तेस्रो चरणको परीक्षण देशका करिव ५० हजार मानिस सामिल हुने सम्भावना छ । संयुक्त अरब एमिरेट्स, बहरीन, पेरू, मोरक्को, अर्जेंटीना र जोर्डनमा यो परीक्षण सुरु भइसकेको छ ।

सम्बन्धित समाचार