नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदाै ।
पछिल्लो समय भारतमा अत्यधिक संक्रमित भेटिन थालेका छन् । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा भारत दोस्रो स्थानमा आइपुगेको छ । ब्राजिललाई पनि उछिन्दै भारत अमेरिका पछि दोस्रो स्थानमा आइपुगेको हो ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८११ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म भारतमा ७० हजार ६२६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
लकडाउनमा रहेको भारत लुजडाउनको नीतिमा गएपछि तीव्र गति कोरोना संक्रमण फैलिएको हो । भारत १ अर्ब ३८ करोड जनसंख्या भएको देश हो । ९० हजार ६३२ कोरोना संक्रमित एकैदिन देखिएको यो विश्वमै पहिलो पटक हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म भेटिएका थिए ।
यी हन् अतिप्रभावित १० देशः