नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ भदौ ।
लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ। आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ ।
यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो। लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रि जोनको एउटा वेयर हाउसमा आगलागी भएको थियो। त्यहा तेल र ट्यांकर राखिएको थियो । आगलागीपछि सेनाको हेलिकोप्टरबाट आगो निभाइएको छ भने पोर्ट जाने सडकमा ट्राफिक डाइभर्ट गरिएको छ । आगलागी कसरी भयो भन्नेबारे कुनै जानकारी आएको छैन ।
यता, बेरूतको गभर्नर मारवान अबाड तथा स्थानीय अधिकारीले मानिसहरूलाइ पोर्टबाट टाढाको दूरीमा जान अपील गरेको छ । यसअघि मंगलबार नै आगलागी भएको थियो। तर उक्त आगो तत्कालै निभाएको थियो ।
Another huge fire at the Beirut port. Do we open all the windows to guard against another blast or close them to guard against the toxic fumes? The sky is black black above and my lungs hurt. (So does my heart). https://t.co/cpAZj1kCYu
— Lina Mounzer (@warghetti) September 10, 2020