भारतका पूर्व केन्द्रीय मन्त्री रघुवंशप्रसाद सिंहको निधन

भारतका पूर्व केन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंशप्रसाद सिंहको निधन भएको छ । नयाँ दिल्लीस्थित एम्स अस्पतालमा ७४ वर्षको उमेरमा उनको आइतबार बिहान निधन भएको हो । दुई दिनअघि उनले चिट्ठी लेखेर लालुप्रसाद यादवलाई पार्टीबाट आफ्नो राजीनामा पत्र पठाएका थिए। त्यसको जवाफमा लालुप्रसादले चिट्ठी लेखेर आरजेडीबाट बाहिर नजाने आग्रह गरेका थिए ।

गएको शुक्रबार राति उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि सिंहलाई भेन्टिलेटरमा राखिएको थियो । सिंहले अस्पतालमै रहेकै बेला राजीनामा पत्र लेखेका थिए । लालुयादवले ट्वीट गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस्तै आरजेडीका नेता तथा लालुप्रसादका कान्छो छोरा तजस्वी यादवले पनि ट्वीट गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।



रघुवंश प्रसाद सिंह युपीए सरकारमा ग्रामीण विकास मन्त्री थिए । उनी मनरेगा कानूनका शिल्पकार हुने ।

सम्बन्धित समाचार