नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।
योसिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नेतामा निर्वाचित भएसँग सुगा प्रधानमन्त्री बन्ने निश्चत भएको हो । जापानी सञ्चार माध्यमहरुले यसै साताको अन्त्यसम्म सुगा प्रधानमन्त्री बन्ने जनाएका छन् । सुगा प्रधानमन्त्री सिन्जो आबे मन्त्रिपरिषदका चिफ सेक्रेटरी हुन् ।
पार्टी नेतृत्वका लागि भएको चुनावमा उनले पूर्व रक्षामन्त्री सेगेरु इसिवा र पूर्व विदेशमन्त्री फुमिओ किशिदालाई पराजित गरेका छन् । स्वास्थ्यको कारण प्रधानमन्त्री आबेले राजिनामा दिने भनेपछि सत्तारुढ दलले नयाँ नेता छनोट गरेको हो ।
योसिहिदे आबेको विश्वास पात्रको रुपमा रहेका थिए । उनलाई सत्तारुढ एलडीपीको दुई ठूल गुट आबेको होसोदा समूह र वित्तमन्त्री तारो असोको समूहले समर्थन गरेको थियो।
आबे र सुगा
पार्टी महासचिव तोसिहिरो निकाइले पनि यसअघि नै सुगालाई समर्थन गरेका थिए । कुनै पनि गुटमा संलग्न भएर प्रधानमन्त्री बन्न लागेका सुगा दुर्लभ नेता भएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
सुगा जनता माझ निकै लोकप्रिय रहेका थिए । अब संसदमा सुगालाई प्रधानमन्त्री बनाउने कि नबनाउने भनेर निर्वाचन हुनेछ । तर सत्ताधारी पार्टीको बहुमत भएकाले उनी प्रधानमन्त्री बन्ने निश्चित छ ।
आगामी वर्षको सेप्टेम्बरमा हुने मध्यावधि चुनावसम्म सुगाले प्रधानमन्त्री पद सम्हाल्नेछन् ।