अक्टोबरबाट सिनेमा घर सञ्चालन हुने

भारतमा अक्टोबरदेखि सिनेमा हलमा चलचित्र प्रदर्शन हुने भएका छन् । नायिका कियारा आडवानी अभिनित चलचित्र ‘इन्दु की जवानी’ सिनेमा हलमा प्रदर्शन हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरस महामारीको कारण विगत ६ महिनादेखि सिनेमा हल बन्द छन् । अवस्था सामान्य हुने लक्षण देखापरेको छैन । तर पनि चलचित्र सिनेमा हलमा प्रदर्शन गर्न लागिएको छ । इन्दु की जवानीका निर्माताहरु अवस्था सामान्य हुने प्रतिक्षामा छन् ।



सम्बन्धित समाचार