अक्सफोर्ड विश्वविद्यालयका अनुसार कोरोना खोपको परीक्षणमा सहभागी बिरामी हुनुको पछाडिको कारण खोप नहुनसक्छ

अक्सफोर्ड विश्वविद्यालयले कोरोना खोपको परीक्षणमा सहभागी विरामी हुनुको कारण कोभिड-१९ खोप नभएको हुनसक्ने जनाएको छ । सहभागीको जानकारी दिने एक दस्तावेज अनलाईनमा पोस्ट गर्दै अक्सफोर्डले यस्तो जनाएको हो ।

अक्सफोर्ड विश्व विद्यालयका अनुसन्धानकर्ताहरूले एस्ट्राजेनेकासँग मिलेर कोभिड-१९ को खोप विकास गरिरहेका छन् जुन अहिले परीक्षणको अन्तिम चरणमा छ । उनीहरूले विकास गरिरहेको यो खोप विश्वमा विकास भइरहेका खोप भन्दा अगाडि र प्रभावकारी भएको मानिदैं आइएको छ ।



परीक्षणमा सहभागी एकजनामा स्वास्थ्य समस्या देखिएपछि उसले संसारभर भइरहेको परीक्षण केही समयका लागि रोक्नुपरेको थियो । परीक्षणमा सहभागी ती व्यक्ति ट्रान्सभर्स मायेलिटिस भनिने दुर्लभ मेरुदण्डको इन्फ्लेमेटरी डिसअर्डरसँग सम्बन्धित न्यूरोलॉजिकल लक्षणबाट पीडित भएको बताइएको छ ।

‘स्वतन्त्र समीक्षाले विरामी हुनुको पछाडी खोपसँग सम्बन्धित नभएको वा भएको हो भन्नका लागि निश्चित कारणहरू नभएको भेटिएको छ’, अक्सफोर्डले सार्वजनिक गरेको दस्तावेजमा भनिएको छ ।

रोकिएको खोप परीक्षण हाल अमेरिका बाहेक ब्रिटेन, ब्राजिल र दक्षिण अफ्रिकामा सुरू भइसकेको रोयटर्सले जनाएको छ ।

सम्बन्धित समाचार