रुसले तयार गरेको कोरोनाको औषधि फार्मेसीबाटै बिक्री सुरु

रुसले कोरोना संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले शुक्रबार जानकारी गराएको हो । गत मे महिनामा पनि रुसले ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो जुन जापानमा निर्माण भएको हो र भाइरल उपचारका लागि अधिक प्रयोग हुने गरेको छ ।

आर–फर्माको यो घोषणाले भाइरसविरुद्धको उपचार सबैभन्दा पहिले ल्याउने दौडमा, अग्रस्थान हासिल गर्न, रुस वास्तवमै लगातार प्रयास गरिरहेको स्पष्ट पारेको छ । रुसले यसअघि नै कोभिड–१९ का परीक्षणहरु निर्यात गरिसकेको छ भने आफूले निर्माण गरेको ‘स्पट्निक–भी’ खोप आपूर्ति गर्ने सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरु पनि हात पारिसकेको छ ।



आर–फर्माले कोभिड–१९ का १६८ बिरामीलाई सहभागी गराइ यसअघि तेस्रो चरणको ट्रायल सञ्चालन गरेको थियो जसपछि नै आधिकारिक स्वीकृति पाएको बताएको छ । योभन्दा अगाडि सो औषधिलाई कोरोना भाइरसको उपचारका निम्ति अस्पतालमा प्रयोग गर्न अनुमति दिइएको सरकारी डाटाले देखाएको छ ।

कोरोनाभर औषधिको ट्रायल तुलनात्मक रुपमा धेरै सानो मानिएको छ । तरपनि आर–फर्माले यसको आपूर्ति सम्बन्धी देशभरका फार्मेसीहरुसँग छलफल थालिसकेको कम्पनीकी प्रवक्ताले बताएकी हुन् । कोरोनाभर मस्काउबाट ३०० किलोमिटरको दुरीमा रहेको उत्तरपूर्वी क्षेत्र यारोस्लाभीस्थित आर–फार्मको उद्योगमा निर्माण गरिएको हो ।

सम्बन्धित समाचार