कोरोना र प्रदुषणबाट बच्न मास्क लगाउँदा सास फेर्न गाह्रो हुनेदेखि इम्युनिटीमा पनि असर

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क लगाउनु अनिवार्यजस्तै बनेको छ । काठमाडौंमा त कोरोना महामारीभन्दा पहिले नै धुवाँ धूलोबाट जोगिन मास्क लगाउनुपर्ने अवस्था थियो । तर, मास्क लगाउँदा यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने विभिन्न शोधले देखाएका छन् ।

मास्कको प्रयोग गर्दा सास फेर्न गाह्रो हुने समस्या धेरैले भोग्दै आएका छन् । कतिपय डाक्टरहरुका अनुसार मास्क लगाएका बेला सास फेर्दा राम्रोसँग अक्सिजन जान नपाउने र फोक्सोमा पनि असर गर्ने समस्या हुने गर्छ ।



साथै मास्कको प्रयोगले हाम्रो रोगप्रतिरोधात्मक क्षमतामा पनि असर गर्न सक्छ । यस्तो समस्या भोग्नले नियमित रुपमा प्राणायाम या डिप ब्रिथीङ अभ्यास गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने गर्छ । यसो गर्दा फोक्सोमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा जान्छ र उर्जावान र स्वस्थ्य महसुस गरिन्छ ।

आयुर्वेदमा यसरी हावालाई फिल्टर गरिनुलाई अपान वायु भन्ने गरिन्छ । अपान वायुमा अक्सिजनको मात्रा कम हुन्छ । जसको असर स्वास्थ्यमा पर्ने गर्छ । त्यसैले मास्क लगाउने हो भने नियमित रुपमा अभ्यास र प्राणायाम पनि गर्नुपर्छ ।

सम्बन्धित समाचार