नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असाेज ।
कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाड्ने भएको छ । कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीड बढ्न सक्ने र जसबाट संक्रमणको जोखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो ।
कोरोनाको संक्रमणमा बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु बढी मात्रमा संक्रमित हुन थालेका छन् । नेपाल राष्ट्र र्बैकको केन्द्रीय कार्यालयका साथै बिभिन्न प्रदेशका कार्यालयहरुबाट पनि यस पटककको दशैमा नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको छ । दशैंमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन रहेको छ । दशैंमा अन्य समयमा भन्दा ५०-६० अर्व थप नोटको आवश्यकता पर्दछ । दशैंमा सर्वसाधारणलाई बितरण गरिने ५ रुपैयाँदेखि माथिका दरका नोटहरु यस पटक राष्ट्र बैकले बितरण नगरे पनि बजारमा नोटको अभाव भने नहुने राष्ट्र बैकले जनाएको छ ।
यसअघि दशैंमा राष्ट्र बैकले चलनचल्तीका बाहेक पनि थप नोट बितरण गर्ने गरेको थियो । गत बर्षको दशैं र यस पटकको दशै भिन्न अवस्थामा भएको र पछिल्लो पटक लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या पनि बढिरहेको अवस्थामा सर्वसाधारणलाई नयाँ नोट बितरण गर्दा थप जाखिम भएको हुदाँ नयाँ नोट बितरण गर्न कठिन भएको राष्ट्र बैक उच्च अधिकारीले बताए ।