यी स्यानिटाइजर प्रयोग नगर्नुहोस्, मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने रसायन मिसाइएको पाइयो

विषाक्त रसायन मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले आज एक सूचना जारी गरी ती कम्पनीका स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक्न लगाउन निर्देशन दिएको हो।

बजारमा रहेका ह्याण्ड स्यानिटाइजरहरुको नमुना संकलन गरी परिक्षण गर्दा तोकेको मापदण्ड अनुसार नभई मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने रसायन मिसाएको पाइएकाले प्रयोग नगर्न तथा नगराउन विभागले अनुरोध गरेको छ। जसमा हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर छन् ।



यस्तै इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनर प्रयोग नर्गन विभागले अनुरोध गरेको छ। कोरोना महामारीपछि ह्याण्ड स्यानिटाइजरको प्रयोग बढ्दै जाँदा विषाक्त रसायन मिसाएर उत्पादन गर्ने क्रम बढेको छ। यसअघि पनि विभागले विभिन्न ९ वटा कम्पनीका स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको थियो।

सम्बन्धित समाचार