विश्व मुटु दिवसः कसरी बच्ने मुटु रोगबाट ? (भिडियोसहित)

आज विश्व मुटु दिवस । प्रत्येक वर्ष सेप्टेम्बर २९ का दिनमा विश्व मुटु दिवस मनाउँने गरिन्छ । कोरोना महामारीकाबीच नेपालमा पनि आज मुटु रोग, यसबाट बच्ने उपाय र उपचारबारे चेतनामूलक कार्यक्रमसाथ विश्व मुटु दिवस मनाइँदैछ।

बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङख्या बढ्दै गइरहेको चिकित्सकहरुको भनाई छ। ‘अस्वस्थ खानपान र जीवनशैलीका कारण हिजोआज सबै मानिस मुटु रोगको शिकार बन्न पुगेको सम्बन्धित विज्ञहरु बताउँछन्।’



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु तथा मुटु सम्बन्धी रोगका कारण हुने गर्दछ। अधिकांश मानिस तयारी खानेकुरा खाने, घर बाहिर खाने, चिल्लो, बोसोयुक्त खानेकुराका साथै रक्सी, चुरोट खाने तर व्यायाम नगर्ने कारणले मुटुका रोगी बढ्ना थालेको चिकित्सकहरुको भनाई छ।

६० वर्षभन्दा माथिका तथा मधुमेह र दमको समस्या भएका व्यक्तिलाई पनि मुटु रोगको जोखिम धेरै हुन्छ। सामान्यतया एक मिनेटमा मुटुको चाल ५० भन्दा धेरै र १ सयको बीचमा हुनुपर्नेमा त्यसभन्दा फरक भएमा मुटुमा समस्या छ भनेर आफै पनि वुझ्नुपर्दछ।

मुटु रोगबाट बच्नका लागि स्वस्थ खाना खाने, प्रशस्त फलफुल हरियो सागसब्जी खाने, समयमै सुत्ने, नियमित शारीरिक व्यायाम गर्ने, तौल नियन्त्रण राख्ने र बेला–बेलामा मुटुको जाँच गर्न मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाले सुझाव दिएका छन् ।

बाँकी विवरण भिडियोबाटः

सम्बन्धित समाचार