के छ स्वस्तिक चिन्हको महत्व ?

हरेक धर्मको एउटा विशेष चिन्ह हुने गर्दछ । सनातान धर्मको पनि विशेष चिन्ह छ त्यो हो ‘स्वस्तिक’। ‘स्वस्तिक’ चिन्हको प्रयोग हिन्दु धर्ममा मात्र नभै जैन र बौद्ध धर्ममा पनि गरिदै आएको छ । हजारौ बर्ष पहिलेको सिन्धु घाटी सभ्यता उत्खनन क्रममा पनि ‘स्वस्तिक’ चिन्ह अंकित चिन्ह प्राप्त भएको थियो ।
मानिसहरुले ‘स्वस्तिक’ चिन्हको प्रयोग हजारौ बर्ष पहिले पनि गर्दा रहेछन् भन्ने कुराहको प्रमाण हो त्यो ।

मध्य एसियाका केही देशहरुमा ‘स्वस्तिक’ चिन्हलाई सौभाग्य एवं मांगलिकको सुचकको रुपमा पनि लिइन्छ । नेपालमा यस चिन्हलाई हेरंव अर्थात श्री गणेश, मिस्रमा एक्टोन तथा बर्मामा महा पियेन्रेको नामबाट पुज्ने गरिन्छ । अष्ट्रेलिया र न्युजिल्याण्डका मावरी आदिबासीहरु ‘स्वस्तिक’ चिन्हलाई मंगलको प्रतिक मान्ने र पुज्ने गर्दछन् ।



स्वस्तिक’को आकृतीलाई भगवान् श्री गणेशको प्रतिक मान्ने गरिन्छ भने श्री हरि र सुर्यको आसन पनि स्वस्तिकलाई नै मानिन्छ । बौद्ध धर्ममा स्वस्तिकको आकार भगवान् बुद्धको हृदयमा देखाइएको पाईन्छ । मेसोपोटामिया सभ्यतामा शस्त्र अस्त्रमा विजय प्राप्त गरिसकेपछि स्वस्तिक चिन्हको प्रयोग गरिन्थ्यो ।

सम्बन्धित समाचार