रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप उपलब्ध गराउने

रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ। उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको समाचार अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक-५’ नेपाल ल्याउने सम्झौता भएको हो।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्‍ने गरी भ्याक्सिन उपलब्ध गराउने बताएका छन्। उनले भनेका छन्,’ट्रिनिटी कम्पनीलाई धन्यवाद ! खोप लानका लागि सम्झौता भइसकेको छ।’ एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’को माग गरेकोसमेत जनाइएको छ।



आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ। ४ सेप्टेम्बरमा, ‘स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजा बारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो । इन्डियन एक्सप्रेसका अनुसार किशोर अधिकारीले रसियन फन्डसँग सम्झौता गर्न पाउँदा उत्साहित भएको बताएका छन्।

ट्रिनिटी स्पुतनिक परीक्षणको अन्तिम नतिजालाई पर्खेर बसेको छ। चाँडोभन्दा चाँडो नेपाल सरकारले नेपाली जनताको लगि खोप ल्याउन अनुमति दिनेछ विश्‍वास पनि उनले व्यक्त गरेका छन्। ट्रिनिटी फर्मास्युटिकलले खोप ल्याउनका लागि सम्झौता गरे पनि सरकारले यसबारे अनभिज्ञता प्रकट गरेको छ।

सम्बन्धित समाचार