कुकुरले पत्ता लगाउँला त कोरोना संक्रमण, परीक्षणले देखायो आशाजनक परिणाम

कोरोेना संक्रमण पत्ता लगाउन विशेष रूपमा तालिम दिइएका र सुँघेर विभिन्न कुराहरू पत्ता लगाउने कुकुरलाई हेल्सिन्कीस्थित एउटा विमानस्थलमा खटाइएको छ। त्यसले कोरोना भाइरसविरुद्धको लडाइँमा सहयोग पुग्ने ठानिएको छ।

स्वेच्छाले आफ्नो नमुना दिन चाहने यात्रुहरू यो परीक्षणमा सहभागी भएका छन्। यो परीक्षणले आशाजनक परिणाम देखाएको त्यसका अनुसन्धानकर्ताले बताएका छन्।



तर अहिलेसम्म कुकुरसँग कोरोना भाइरस पत्ता लगाउन सक्ने क्षमता भएको स्वतन्त्र रूपमा प्रमाणित भइसकेको छैन।

सम्बन्धित समाचार