नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।
लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण भएको छ । लिभरपुलले मानेलाई साधारण लक्षण रहेको र उनको स्वास्थ्य ठिक रहेको जानकारी दिएको छ ।
कोरोना पोजेटिभ देखिएसँगै २८ बर्षिय सेनेगेललका फरवार्ड मानेले एस्टन भिल्लाविरुद्धको खेल गुमाउने भएका छन् । रिपोर्ट पोजेटिभ आएपछि मानेले आफुलाई सेल्फ आइसोलेट गरेको बताइएको छ ।
मानेको अनुपस्थितिमा भिल्लाविरुद्धको खेलमा डिओगो जोटा खेल्ने भएका छन् । यस सिजनमा प्रिमियर लिगका ३ खेलमा ३ गोल गरेका मानेले अघिल्लो सिजनमा प्रिमियर लिगमा १८ गोल गरेका थिए ।