काठमाडौं उपत्यका नआउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

आज शनिबार मात्रै देशभर २१२० जनामा कोरोना संक्रमण देखिएको छ भने त्यसमध्य उपत्यकाका मात्रै ११७७ जना रहेका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ’ भनेका थिए ।

सम्बन्धित समाचार