नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असोज ।
आइतवार सुनचाँदीको मूल्यका वृद्धि भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै शुक्रबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मुल्य ५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार छापावाल सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन पनि २ सय रुपैयाँमा कम ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदि प्रति तोला १ हजार १ सय ७५ रुपौयामा कारोबार भएको थियो ।