कोरोना सङ्क्रमण भए/नभएको १५ मिनेटमै पत्ता लाग्ने

स्पेनमा कोरोना भाइरस सङ्क्रमण भएरनभएको १५ मिनेटमै पत्ता लाग्ने भएको छ । दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको बीबीसीले जनाएको छ ।

यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको ज्यान गइसकेको छ ।



त्यहाँ गएको २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका र १ सय १३ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।

सम्बन्धित समाचार