नवकान्तिपुर संवाददाता
काठमाडौं
फिलिप कौटिन्होको गोलमा स्पेनी क्लब एफसी बार्सिलोनाले सेभिलालाई २०२०–२०१२ सिजनको ला लिगाको खेलमा १–१ को बराबरीमा रोकेको छ । बीबीसीको रिपोर्ट अनुसार बार्सिलोना टोलीले आफ्नो घरेलु मैदान क्याम्प नाउ स्टेडियममा अहिले सम्म खेलेको ३३ खेल मध्ये एकमा मात्र पराजय व्योहोरेको छ ।
आइतवार भएको खेलमा सेभिल्लाको टोलीले खेलको आठौं मिनेटमा ही डी जोङको गोलसँगै १–० ले अग्रता लिएको थियो। यद्यपि उनको अग्रता लामो समयसम्म टिक्न सकेन र १० औं मिनेटमा बार्सिलोनाले गोल गर्दे खेल १–१ ले बराबरी गर्यो। बार्सिलोनाका लागि यो गोल गोल कौटिन्होले गरे । उनको जारी सिजनको यो पहिलो गोल हो ।
खेलको मध्यान्तर समयसम्म दुबै टोली १–१ ले बराबरी भयो। तर दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेन र खेल १–१ को बराबरीमा टुङियो । दुबै टोलीले खेलमा अंक बाडेपछि टोलीलाई अंक तालिका फाईदा पुगेको छ । बार्सिलोनाको टोली तीन खेलमा ७ अंकको साथ पाँचौं स्थानमा पुगेको छ भने समान अंकका साथ सेविला छैठौंमा स्थानमा पुगेको छ ।
यस खेलबाट अमेरिकाको सर्जिनो डेस्टले बार्सिलोनाको लागि डेब्यू गरे, तर उनले खेलमा धेरै प्रभाव छोड्न सकेनन । उनी एजेक्स क्लबबाट बार्सिलोनामा जोडिएका हुन । १९ बर्षीय यी युवा फुटबलर अमेरिकाबाट बार्सिलोनाको सिनियर टोलीमा खेल्ने पहिलो खेलाडी हुन् ।