नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।
सन् २०२० को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ‘ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने बेलायत, जर्मनी र अमेरिकाका तीन वैज्ञानिकलाई प्रदान गरिने घोषणा मंगलबार गरिएको छ।
मंगलबार स्टकहोममा भएको कार्यक्रमबीच स्विडिस एकेडेमीले भौतिकशास्त्रीहरु रोजर पेनरोज तथा राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने घोषणा गरेको हो । पुरस्कारको आधा हिस्सा पेनरोजले पाउनेछन् भने आधा हिस्सा गेन्जेल र गेजले पाउनेछन् ।
पेनरोजलाई ‘ब्ल्याक होल’ को बनोटबारे नयाँ सूचना पत्ता लगाएबापत नोबेल पुरस्कार दिने घोषणा गरिएको हो भने गेन्जेल र गेजलाई आकाशगंगाको नयाँ सूचना पत्ता लगाएबापत नोबेल दिने घोषणा गरिएको हो ।