नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।
गत कारोबार दिन मंगलवारको तुलनामा बुधबार अमेरिकी डलर, यूरोपियन यूरो, पाउण्ड स्टर्लिङ लगायत मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खदिदर ११७ रुपैयाँ २३ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८३ पैसा तोकेको छ ।
त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८२ पैसा तोकेको छ । यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रिदर १५३ रुपैयाँ २ पैसा निर्धारण गरेको छ ।
कुवेती दिनार मंगलबारका लागि ३८२ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३८४ रुपैयाँ ८७ पैसा तेकेको छ । त्यसैगरि बहाराईन दिनार भने १ काे खरिददर ३१० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१२ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।