डोनाल्ड ट्रम्पले भने – ‘मलाई कोरोनाभाइरसको संक्रमण हुनु भगवानको आशीर्वाद’ (भिडियाे सहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राती एउटा भिडियो सन्देश जारी गरेका छन् । भिडियोमा उनले कोरोनाभाइरससँग सम्बन्धित मुद्दाहरुमा कुरा गरेका छन् । भिडियोमा ट्रम्पले आफू संक्रमित भएको विषयमा निकै अनौठो कुरा गरे । उनले भने ‘म यसलाई भगवानको आशीर्वाद मान्छु ।’ राष्ट्रपतिका अनुसार गत हप्ता उनलाई जुनऔषधी दिइयो त्यो औषधिले उनी चामत्कारिक तरिकाले ठिक भए । भिडियोमा उनले चीनलाई पनि चेतावनी दिए । उनले भने ‘महामारीको लागि चीन जिम्मेवार छ र उसले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

न्यूयोर्क टाइम्सका अनुसार उपचारपछि ट्रम्पको छाला गहिरो रंगको देखिएको थियो । बुधबार राती जारी गरिएको भिडियोमा उनले कोरोनाभाइरसको उपचारको लागि नयाँ औषधि भेटिएको पनि दावी गरे । ट्रम्पले आफ्नो उपचार त्यही औषधिबाट गरिएको दावी गरेका छन् । उपचारपछि ट्रम्पको छाला गहिरो रंगको देखिएको थियो । बुधबार राती जारी गरिएको भिडियोमा उनले कोरोनाभाइरसको उपचारको लागि नयाँ औषधि भेटिएको पनि दावी गरे । ट्रम्पले आफ्नो उपचार त्यही औषधिबाट गरिएको दावी गरेका छन् । तर, यो औषधि प्रभावकारी भएको पुष्टि गर्नको लागि कुनै प्रमाण दिन भने सकेनन् ।



प्रमाण दिन नसके पनि ट्रम्पले सबैलाई यो औषधि प्रयोग गर्न सल्लाह दिए । उनले अस्पतालहरुमा यो औषधि छिटोभन्दा छिटो उपलब्ध गराइने बताए । कम्पनीले यो औषधिको लागि फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनसँग अनुमति मागिरहेको र सरकारले उसलाई ५०० मिलियन डलर दिएको पनि ट्रम्पले बताए । तर ट्रम्पले आफू त्यो औषधिले ठीक भएको भनी गरेको दावीसँग विशेषज्ञ भने सहमत छैनन् । सन फ्रान्सिस्कोका विशेषज्ञ डाक्टर चिन होंगका अनुसार ट्रम्पको दावी पूरै गलत हो तर ट्रम्पले यसको प्रचार चुनावी फाइदाका लागि गरिरहेका छन् ।

सम्बन्धित समाचार