नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असोज ।
ताइवानमाथि आफ्नो अधिकार जमाउन खोजेको भन्दै चीनलाई अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी एनएएस रोबर्ट ओब्रायनले चीनले ठूलो संख्यामा नौसैनिक निर्माण गर्न लागेको बताएका छन् ।
उनले यस्तो तयारी प्रथम विश्वयुद्धभन्दा पहिला बेलायतले शाही नौसेना बनाएको बाहेक त्यसपछि कहिल्यै नदेखेको बताएका छन् । लस वेगासमा नोभादा यूनिभर्सिटीको एक कार्यक्रममा बोल्दै उनले चीनको उद्देश्य पश्चिमी प्रशान्त महासागरमा कब्जा गर्न र ताइवानमा आफ्नो अधिपत्य जमाउन रहेको बताए ।
उनले चीनले हमला गरेमा अमेरिकाले के गर्छ त्यो भन्न नसकिने भन्दै चेतावनी दिएका हुन् । उनले ताइवानलाई आफ्नो सुरक्षाका लागि ताइवान सैन्य रुपमा मजबुत बन्नुपर्ने बताएका छन् ।