कमला मुस्कान
काठमाडौं, २४ असाेज ।
माया गरेका सबै
आफ्नैजस्तो लाग्ने
टाढिए आफ्नो कोही भने
संसार विरक्त लाग्ने
निकट आमा थिइन्
समयले हरिदियो
आँशुको भेलभित्र
चुर्लुम्म डुबाइदियो ।
कैयौँ बार खोजेँ
नजिक को छ मेरो..
दुःख नै रैछ आखिरी
बुझ्दा प्रिय मेरो ।
समय चक्र जीवन
अन्त्य सबैको एक दिन
आफ्नो पराइ भन्नु
मन मिल्दा पो एकछिन् ।
किन चोर्नु, लुट्नु, काट्नु
किन मार्नु कसैलाई
नरम मिठो बोल्दा
ढुक्क शान्त तनलाई
मनै पो देख्छु आज
सबै कुराको मालिक
छाँया पनि त जान्छ
शरीरसँगै खाली
बुझ्दैछु आज फेरि
मेरो नजिक को छ ?
खोजीको अन्त्य भयो
दुःख नै रैछ प्रिय ।
मायाको चक्र बीऊ
रोपेथे उनले नै
पिरती गाँस्न फेरि
खोजेथे उनले नै
हरायो दया माया
भए उनी पराई
बर्सेथ्यो आँशु भेल
कराएँँ एक्लै फेरि
मोहको खेल आज
सीमित देखेँ भोग
मिथ्या लाग्न थाल्यो
सुखको मेरो भोक
सोचेर हेर्छु संधै
को रैछ मेरो आफ्नो
विचार गर्दा फेरि
दुःख नै रैछ प्रिय ।