नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।
आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै, चाँदीको भाउ पनि आज कुनै परिवर्तन भएको छैन । आज चाँदी तोलाको एक हजार २३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९ रुपैयाँ कायम गरेको छ ।