नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।
प्रभु मनी ट्रान्सफरले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुरक्षित मनाऔं महान् पर्व, प्रभुको उपहारसँग’ स्किम ल्याएको छ । यस योजनाअन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने र पाउने दुबै लाभन्वित हुने कम्पनीले जनाएको छ ।
योजना अवधिमा ग्राहकले हरेक हप्ता ३२ इञ्चको टिभीसहित प्रभुटिभी सेटअप बक्स पाउनेछन् ।
साथै, प्रभु क्यापिटलमा डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत वालेटमा रु. ३० बराबरको टपअप र प्रभु डिजिटलको वार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पाउनेछन् । यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुने पनि कम्पनीले जनाएको छ ।