नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कात्तिक ।
दशैंपछि नेपालको सुनचाँदी बजार खुलेको छ। बजार खुलेसँगै सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार रुपैयाँ सस्तो भएको हो।
विहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
विहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।