टेकु अस्पतालले पनि माग्यो कोरोना संक्रमितसँग धरौटी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको छ। निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले जनाएको छ।

अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च तोकेको छ र ५० हजार धरौटी रकम जम्मा गर्न भनेको छ। आईसीयूबाहेक भेन्टिलेटरमा रहेका बिरामीको दैनिक ७ हजार ५०० उपचार खर्च लाग्नेछ र ३० हजार धरौटी राख्नुपर्नेछ । क्याबिन आइसोलेसनमा बस्नेले दैनिक ७ हजार ५०० र ग्रास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक ३५०० उपचार खर्च तिर्नुपर्नेछ । उनीहरूले क्रमशः ३० र २० हजार धरौटी जम्मा गर्नुपर्ने अस्पतालले निकालेको सूचनामा उल्लेख छ।



गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस, ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएको परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र भएमा उपचार शुल्कमा छुट हुनेछ।

सम्बन्धित समाचार