नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
यर बजारमा सर्वाधिक कारोबारको भएको विहीबारको रेकर्ड तोडिएको छ । सवहीबार ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएर रेकर्ड कायम गरेको बजारमा आइतबार ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको हो । उच्च कारोबारका बीच नेप्से परिसूचक भने ४.६९ अंकले मात्रै बढेको छ ।
बजारमा कारोबार शुरु हुनेबित्तिकै नेप्से परिसूचक बढेर १ हजार ८ सय ११ अंकमा पुगेको थियो । त्यसलगत्तै २५ अंकले बजार घटेपछि बजारमा खरिदकताएको चाप उच्च देखिन थाल्यो । बजारमा खरिदको चाप शुरु भएसँगै मध्यान्हसम्ममा बजार फेरि पुरानै अंकमा फर्किएको थियो ।
त्यसपछिको अढाई घण्टासम्म भने बजार घट्दो क्रममा रह्यो । बजारमा बक्रिेताको चाप देखिँदा खरिदकर्ताहरुले मूल्य घटाएर सेयर उठाए । बजार बन्द हुनुभन्दा आधा घण्टा अघिसम्म पनि नकारात्मक अवस्थामा रहेको कारोबारले अन्तिम समयमा रिकभर गर्दा परिसूचकमा झिनो सुधार आएको हो ।
यो दिन बजारमा वाणिज्य बैंक समूहमा उछाल देखियो । विहीबार ३६ अंकले बजार बढेर पनि बढ्न नसकेको वाणिज्य बैंक समूह आइतबार भने अरु समूहमा गिरावटका बाबजुद पनि उत्साहजनक ढंगले बढ्न सफल भयो । विकास बैंक र अन्य समूहमा झिनो वृद्धि हुँदा व्यापारमूलक र होटल समूहले भने उच्च दरको गिरावट व्यहोर्न बाध्य भयो ।
आइतबार सिटिजन्स म्युचुअल फण्ड–२ र जेविल्स फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा प्रभु बैंक, नबिल बैंक, अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतको शेयरमूल्ष्यमा उच्च वृद्धि देखियो । माउन्टेन हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, साल्ट ट्रेडिङ लगायतको सेयरमूल्यमा भने उच्च गिरावट आएको छ ।