नेपाल आयल निगम कैलालीमा इन्धन भण्डारण क्षमताको विस्तार गर्दै

नेपाल आयल निगम, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले एक विज्ञप्ति प्रकाशन गरी पेट्रोलियम पदार्थको भण्डारणको क्षमता वृद्धि गर्न कैलालीको गोदावरी नगरपालिका वडा नं. ८, स्याउलेस्थित शिवशक्ति महिला सामूदायिक वनको मातहतमा रहेको करिब ३० बिगाह जमीन प्राप्त गर्न प्रारम्भिक स्थलगत अवलोकन गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाल सरकार तथा नेपाल आयल निगम लिमिटेडको घोषित नीति तथा कार्यक्रम अन्तर्गत यस प्रदेशमा कम्तिमा ९० दिनको लागि इन्धन भण्डारण क्षमता वृद्धि गर्ने अभिप्रायले आज मिति २०७७-०८-०७ गते माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टज्यू, नेपाल आयल निगमका कार्यकारी निर्देशक श्री सुरेन्द्रकुमार पौडेलज्यू, नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख तथा कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू, शिवशक्ति महिला सामूदायिक वनका अध्यक्ष हीरा शाहीज्यूलगायतको टिमले डिपो निर्माण तथा पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तारका लागि कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ८, स्याउलेस्थित शिवशक्ति महिला सामूदायिक वनको मातहतमा रहेको करिब ३० बिगाह जमीन प्राप्त गर्न प्रारम्भिक स्थलगत अवलोकन गरी प्रक्रिया अगाडि बढाएको कुरा जानकारी गराउँदै यस कार्यालयसँग न्युन मात्रामा भण्डारण क्षमता रहेको र पेट्रोलियम पदार्थको बढ्दो मागलाई धान्नसक्नृ गरी यस डिपोको क्षमता विस्तारको लागि उक्त स्थल उपयुक्त देखिएकोले पेट्रोलियम पदार्थजस्तो अतिआवश्यक वस्तुको व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गरी सहयोग गर्नुहुने माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू, निगमका कार्यकारी निर्देशकज्यू, स्थानीय जनप्रतिनिधिहरू, शिवशक्ति महिला सामूदायिक वनका अध्यक्षज्यू, सञ्चारकर्मीज्यूहरूलगायत सरोकारवाला सबैमा हार्दिक धन्यवाद प्रकट गर्दछु ।’



विज्ञप्तिमा नेपाल आयल निगम, सुदूरपश्चिम प्रादेशिक कार्यालययका प्रमुख चितरञ्जन दासको हस्ताक्षर रहेको छ ।

सम्बन्धित समाचार