नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।
कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ।
होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। उनमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।