कोरोनाविरुद्धको खोप एक महिनाभित्रै प्रयोगमा आउने

जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड १९ विरुद्धको खोप युरोपेली युनियनमा आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत प्रस्ताव दर्ता गरेको छ ।

युनियनले स्वीकृत गरे युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ । दुवै कम्पनीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा सोमवार युरोपेली मेडिसिन एजेन्सी (ईएमए)मा औपचारिक निवेदन दिइएको उल्लेख छ ।



गएको नोभेम्बरमा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड १९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्ने गरी अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएसमक्ष निवेदन दिएको छ ।

युरोपेली नियामक निकायले फाइजरले पेश गरेको विवरणको मूल्यांकन गरी खोप लगाउन उपयुक्त रहेरनरहेको विश्लेषण गरी स्वीकृति दिने जनाइएको छ ।

सम्बन्धित समाचार