आज एकैदिन १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि उतारचढाव आउँदै एक हप्ता अघि सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा झरेको थियो ।

गएको सोमबार ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य त्यसपछि फेरि उकालो लाग्न थालेको छ । विश्वमा कोरोना भाइरसको खोप विकास भएको र अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि सुनको भाउ घट्ने अनुमान गरिएको थियो । तर, त्यसका बाबजुत पनि मूल्य बढेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अहिले सुनको मूल्य यसै बढ्यो भन्ने कुनै पनि ठोस कारण छैन ।

सम्बन्धित समाचार