नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।
नेपाली बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।