नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।
इंग्लिस प्रिमियर लीग फुटबलमा फुलह्यामसँग १–१ को बराबरीमा रोकिएसँगै लिभरपुल शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ। गएराति भएको खेलमा लीभरपुल फुलह्यामसँग बराबरीमा रोकिएको हो। खेलको २३ औं मिनेटमा फुलह्यामका लागि डी कोर्डोभाले गोल गरे।
लिभरपुलका लागि खेलको ७९ औं मिनेटमा पेनाल्टीमार्फत् मोहम्मद सलाहले बराबरी गोल फर्काए। त्यसपछि दुबै टिमबाट गोल हुन सकेन। गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको टोटनह्याम क्रिष्टल प्यालेससँग बराबरीमा रोकिएको थियो। बराबरीसँगै टोटनह्याम र लिभरपुलको समान २५ अंक रहेको छ। तर गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा कायम रह्यो।
यस्तै ब्राइटनलाई ३–० ले हराएको लेस्टस सिटी भने लीगको तेस्रो स्थानमा उक्लिएको छ। लेस्टरका लागि मेडिसनले २७ र ४४ औं मिनेटमा गोल गरे भने भर्डीले ४१ औं मिनेटमा गोल गरे। त्यस्तै बर्नेलीले आर्सनललाई १–० गोल अन्तरले हराएको छ।