नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।
सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने स्थिर छ। आइतबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि पनि १२ सय रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।