बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण, नयाँ भाइरस नेपाल भित्रिसकेको आशंका

बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेका अनुसार सोमबार बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको हो।

उनीहरुलाई पुरानो प्रजातिको कोरोना हो वा नयाँ भन्नेबारे स्पष्ट नभएको पाण्डेले बताए। ‘संक्रमित सबै होटल क्वारेन्टिनमै छन्’ उनले भने।



पछिल्लो समय बेलायतमा चाँडै फैलिने नयाँ किसिमको कोरोना भाइरस देखिएपछि बेलायतबाट नेपाल आउन रोक लगाइएको छ। तर पुस १ गतेदेखि ७ गतेसम्म आएका सबैलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न र जाँच गर्न मन्त्रालयले आग्रह गरेको छ।

सम्बन्धित समाचार