अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनलाई दियो २५ लाख

चितवनको भरतपुरमा निमार्ण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरस्थित अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । रंगशाला निर्र्माणाधीन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउण्डेसनलाई उक्त रकम प्रदान गरेका हुन् ।

त्यस अवसरमा अध्यक्ष थापाले रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको बताए । उनले धुर्मुस सुन्तली फाउण्डेसनका सीताराम कट्टेल (धुर्मुस) ले थालेको एकल अभियानमा आफूहरू सहयोगी हातका रूपमा उभिन पाउँदा खुसी लागेको पनि बताए ।



त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ भने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । २० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशालामा ३० हजार दर्शक क्षमता हुनेछ भने रंगशालामा ४ गेट रहने छन् । मुख्य गेटको डिजाइन स्तुप शैलीको हुनेछ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछन् ।

 

 

 

सम्बन्धित समाचार