नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको छ ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।