नेपालमा नयाँ कोरोना भाइरस भित्रिसकेको पुष्टि

नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ। नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित बिरामीको सार्स कोभिड टु भाइरसको अनुवांशिक अनुक्रमीय व्याख्या सर्वेक्षणका क्रममा यस्तो पाइएको छ । नेपालमा देखिएको कोरोना भाइरसको सम्भावित स्रोत भारत, साउदी अरेबिया, युरोप र संयुक्त राज्य अमेरिकामा भएको देखिएको छ।



अनुसन्धानमा सर्वेक्षण गरिएकामध्ये ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको पाइएको छ। यस्तै देशभर ५९ दशमलव ३ प्रतिशत कोरोना संक्रमितले घरेलु उपचार गुर्जो र बेसारको प्रयोग गरेको पाइएको छ। सर्वेक्षण गरिएका संक्रमितमध्ये ५८ दशमलव २ प्रतिशतमा होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको देखिएको छ।

सम्बन्धित समाचार