भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

भारतले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । भारतले १० लाख डोज खोप अनुदानमा दिएको हो ।बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलले भारतले १० लाख डोज खोप दिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकोसमेत उपस्थिति रहेको थियो ।



मन्त्री त्रिपाठीले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र शव व्यवस्थापनमा खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । मन्त्री त्रिपाठीकाअनुसार उक्त खोप भोलि नै नेपाल आइपुग्नेछ ।

सम्बन्धित समाचार