नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।
समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी गर्छु भनी प्रतिबद्धता गरेको तर समयमा भुक्तानी नगरेका कारण उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । राकेशको स्वामित्वमा नवलपरासीको प्रतापपुरम रहेको इन्दिरा सुगर मिलले किसानले पाँच करोड भुक्तानी दिन बाँकी रहेको किसानहरुले बताएका छन् ।
अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज भने सर्लाहीमा छ । सो उद्योगले किसानको १७ करोड बक्यौता र्तिन बाँकी रहेको छ । उनी यसअघि पनि किसानको रकम भुक्तानी नदिएको आरोपमा २०७५ कात्तिकमा पक्राउ परेका थिए ।