नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ।
ग्यासमा भने प्रतिसिलिण्डर २५ रूपैयाँले मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको छ।